» » २७ हजार डलरमा सर्जरी गराएर फर्कियो कुकुर

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


अमेरिकामा झण्डै ८ महिनाको उपचारपछि ‘हिरो’ को छवि बनाएको एक फिलिपिनो कुकुर स्वदेश फर्किएको छ । दुई बालिकाको ज्यान बचाउने क्रममा एक घटनामा कबांग नाम गरेको यो कुकुरको अनुहारको आधा भाग काटिएको थियो ।
तिब्र गतिमा गुडिरहेको मोटरसाइकल आफ्ना मालिकको छोरी र भतिजीतर्फ आएको देखेपछि कुकुरले बाटो छेकेको थियो । घटनामा अनुहारको आधा भाग काटि्टएपछि कुकुरलाई उपचारमा लागि अमेरिका लगिएको थियो ।
जहाँ ८ महिनाको सफल उपचारपछि कुकुर आफ्नो देश फिलिपिन्स फर्किएको छ । कुकुरलाई अस्पताल भर्ना गरिएको समाचार आएपछि धेरै मानिसको ध्यान तानियो । उसका लागि २७ हजार डलर सहयोग समेत संकलन भएको थियो । ट्वीटर र फेसबुकबाट समेत आर्थिक संकलनका लागि अभियान चलाइएको थियो । समाचारमा जनाइएअनुसार ४५ देशबाट जुटेको आर्थिक सहयोगबाट कबांगको उपचार भएको हो । यूनिभर्सिटी अफ क्यालिफोर्नियामा कबांगको उपचार गरिएको थियो । उपचारपछि घर फर्किएको कबांगको सम्मानमा जाबोअंगा सिटीमा र्‍याली निकाल्ने तयारी भइरहेको छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply