» » यौनसम्पर्क राख्न रुचाउँछु तर आफ्नी श्रीमतीसँग होइन

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

म उमेरले ५० नाघिसकंे। मेरी ४८ वर्षिया श्रीमती छिन्। यो उमेरमा पनि म यौनसम्पर्क राख्न रुचाउँछु तर आफ्नी श्रीमतीसँग होइन। उमेरका कारणले हो कि श्रीमतीको यौन अनिच्छाका कारणले हो, म उनीसँग टाढै बस्न पाए हुन्थ्यो भन्ने सोच्छु। जब यो पीडा

अतिशय बढ्दै जान्छ, मेरो उमेर ढल्कन लाग्यो, म किन यस्तो सोच्छु भनेर आफैंलाई धिक्कार्छु। यो पीडा बढ्दै गएको छ, तर कसैलाई भन्न सक्दिनँ। दोस्रो विवाह गर्न पनि हुँदैन भन्ने मलाई थाहा छ, यो पीडा हटाउने कुनै उपाय छ कि ?

उमेर ढल्कियो भन्दैमा सबै कुरा सकियो भन्ने सोच्नु गलत हो। पाको उमेरमा पनि यौनआनन्द लिन सकिन्छ। यद्यपि तपाईंले बुझ्नैपर्ने कुरा के हो भने २० वा ३० वर्षको उमेरमा र ७० भन्दा बढी उमेरमा हुने सेक्सको उद्देश्य फरक हुन्छ। २० वा ३० वर्षको उमेरमा बालबच्चा वा करियर महत्त्वपूर्ण पाटोका रूपमा हुन्छन्, तर बुढौली उमेरमा ती कुरा महत्त्वपूर्ण मानिँदैनन्। यतिबेला यौनसाथीबीच नजिकको सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण कुरा बन्न पुग्छ। सकारात्मक सोचले काम गर्ने बानी बसाल्ने, मानसिक तथा शारीरिक अवस्था तन्दुरुस्त अवस्थामा राख्ने, चिन्ता नलिने एवं बूढयौलीसँगै आफूलाई अनुकूल बनाउदै लाने हो भने पाको उमेरसँगै पनि यौन आनन्दमा कमी नहुने विभिन्न अध्ययनले देखाएका छन्।

वास्तवमा भन्ने हो भने युवा उमेरमा जति समस्या हुन्छन्, पाको हुँदै गएपछि ठूला मानसिक दबाब रहँदैनन्। जागिर खानुपर्ने, स्वास्नी छोराछोरी पाल्नुपर्ने वा अन्य समस्यामा पर्नुपर्ने अवस्था कम हुँदै जान्छ। यो उमेरमा फाइदा लिन जान्ने हो भने बढीभन्दा बढी आनन्दमय जीवन बिताउन सकिन्छ। यी यस्ता कुरा हुन् जसले बूढयौलीको यौनजीवनलाई स्वस्थ र आनन्दित मात्र बनाउने होइन कि त्यसले थप स्वस्थ र फुर्तिलो पनि बनाउँदै लान्छ। यति हुँदाहुँदै पनि एउटा अर्को सत्य के हो भने २२ वर्षको उमेरमा र ७० वर्षको उमेरमा एउटै आनन्द प्राप्त गर्न त सम्भव छैन। यस्तो अपेक्षाबाट केही टाढा रहनु नै राम्रो हो। अनुभवजन्य कुराले कहिलेकाहीँ बढी र नयाँ प्रकारको आनन्द पनि प्राप्त हुन सक्ला। यस्ता पक्षको खोजी गर्नु राम्रो हो।

पाको उमेर भनेकै बोनसमा पाएको जीवन हो। यतिबेला जति बाँचिन्छ रमाइलोसँग दिन बिताऔं भन्ने सोचको विकास हुँदै गएको हुन्छ। चिन्ता नगर्दा मानसिक स्फूर्ति बढ्दै गएको हुन्छ भने मानसिक स्फूर्ति बढ्ने क्रमसँगै यौन आनन्दको उचाइ बढ्दै जान्छ, अर्थात् एक पक्षले अर्को पक्षलाई सहयोग गरिरहेको हुन्छ र जीवन रोमाञ्चकारी बन्दै गएको हुन्छ।
यौनसम्पर्क र उमेरको केही सम्बन्ध त पक्कै पनि छ तर मानिसहरूले यसलाई कसरी सोचिरहेका छन् भन्ने कुरा महत्त्वपूर्ण हो। यौन सम्पर्क र यौनजन्य गतिविधिबाट आनन्द लिने कुरा बुढयौलीमा पनि सम्भव छ। फरक यति हो कि मानिसहरूले बुढयौलीसँगै आफूलाई समायोजन गर्दै लगेका छन कि छैनन् ? मैले पहिले पनि भन्ने गरेको छु, सेक्स मात्र महत्त्वपूर्ण होइन। यौनसँग जोडिएका अन्य धेरै पक्ष छन्। टचिङ, किसिङ, सेन्सिङ, मायामोह, भावना साटासाट आदि कुरा पनि सेक्सका अभिन्न पक्ष हुन्। त्यसैले उमेर बढ्ने क्रमसँगै अनुभवबाट फाइदा लिन सकिने सम्भावना पनि हुन्छ। उमेर बढ्दै जाने कुरा सामान्य हो। यससँगै सेक्सको नियमित रुटिन परिवर्तन गर्नुपर्ने हुन सक्छ। दोस्रो कुरा, उमेरलाई अघि जान दिइरहनुहोस् र यौनजीवनलाई आनन्ददायक बनाउने, लाइट मुडमा रहने, एक-अर्कालाई अझ बढीभन्दा बढी माया गरिरहने, हिँडडुलबाट शारीरिक तथा मानसिक स्वास्थ्यस्थिति तन्दुरुस्त राखिरहने, आधुनिक बन्दै जाने, नयाँ-नयाँ सोच-विचारहरू ल्याउने तथा छलफल गर्ने, सेक्सका कुरा गर्ने, रमाइलो कल्पना गर्ने, पर्याप्त समय लिएर डिनर वा मनोरञ्जन दिने ठाउँमा जाने, धेरै लजालु नबन्ने र इमान्दार बन्ने प्रयास गर्नु यौनजीवन फलदायी राख्ने उपयुक्त उपाय हुन्। यो उमेरमा महिलाहरूको प्रजनन शक्ति त हुँदैन, तर अन्यत्र यौनसम्पर्क गर्दा रोग लाग्ने सम्भावना भएकाले सावधानी अपनाउनुपर्छ। युवा सेक्सभन्दा बुढ्यौली सेक्स परिपक्व, सुरक्षित एवं सावधानीपूर्ण हुनु आवश्यक छ।

यो त भयो आम बूढ्यौलीको कुरा। तपाइको जस्तो ५० को उमेर अहिलेको नेपालीको औसत आयुलाई हेर्ने हो भने मिडलाइफमै हुनुहुन्छ। अहिले नै बूढ्यौलीका सम्बन्धमा चिन्तित हुने बेला भएको छैन। कल्पनामा आउने युवतीको कुरामा डुब्नुभन्दा विकल्पहरू खोज्नु राम्रो हुन्छ। काठमाडौंमा पनि विकल्पहरू धेरै छन् भन्ने त तपाईंलाई थाहा भएकै कुरा हो। यो उमेर रमाइलो यौनजीवनको उत्कर्ष प्राप्त गर्ने बेला हो। चिन्तित नहुनुहोस्, जीवनलाई आकर्षक रूपमा बाँच्नुहोस्।
साभार ; साप्ताहिक

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply