» » जसरी भए एमाओवादीलाई बहुमत चाहियो : प्रचण्ड

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

१६ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अगामी संविधानसभाको निर्वाचनमा जसरी भए पनि आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो-’म प्रधानमन्त्री हुँदा राज्यसत्ता चलाउन ढङ्ग पुगेन, उपाध्यक्ष डा बाबुराम भट्टराईजी प्रधानमन्त्री हुँदा धेरै अप्ठ्यारा आए, अब कसरी सत्ता सञ्चालन गर्ने भन्ने अनुभव भयो, त्यसैले पार्टीलाई बहुमत चाहियो ।’ राष्ट्रिय उद्योग वाणिज्य महासङ्घद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले निर्वाचनमा बहुमत ल्याउन पार्टीले गृहकार्य सुरु गरेको जानकारी दिनुभयो । राजनीतिक निकासका लागि नै निर्वाचनमा जान लागेको भन्दै उहाँले अब निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गर्न नहुने बताउनु भयो ।

प्रचण्डले पार्टीले सञ्चालन गरेको आन्दोलनका सहयात्री साथीहरू ‘लम्पट सर्वहारा’ बन्ने हुन् कि भन्ने डरले पार्टीले उत्पादन, विकास निर्माण र व्यवस्थापनको कार्यनीति पारित गरेको जानकारी दिनुभयो । कार्यनीतिबारे थप व्याख्या गर्दै उहाँले धनी र गरिबबीचको असमान दूरीलाई अन्त्य गर्नु नै कार्यनीतिको लक्ष्य रहेको, वित्तीय भूमण्डलीकरणसँग जुध्दै उपभोक्तावादको यसले अन्त्य गर्ने बताउनुभयो । कार्यनीतिलाई व्याहारिक रूपमा कार्यान्वयनमा ल्याउन आगामी बैठकले कार्यक्रमहरू प्रस्तुत गरिने जानकारी दिँदै उहाँले भन्नुभयो-”आर्थिक समृद्धिलाई छलाङ मार्ने कार्यक्रम ल्याउँछाँै ।” माओवादी अध्यक्ष प्रचण्डले जलस्रोत, पर्यटन, कृषि तथा औद्योगिकीकरण गर्दै आफ्नै माटो सुहाउँदो अर्थनीति बनाउने पार्टीको नीति रहेको जानकारी दिनुभयो ।

माओवादी उपाध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ठूला पूर्वाधारमा निजी क्षेत्रलाई एकल रूपमा छाड्न नहुने धारणा राख्नुभयो । उहाँले भन्नुभयो-”आयातलाई क्रमशः विस्थापित गर्दै आफ्नै स्रोतसाधनलाई उपयोग गर्ने नीति पार्टीले लिएको छ ।”आफू प्रधानमन्त्री भएको सयममा दोहोरो आर्थिक वृद्धि दर हासिल गर्न उच्च प्राथमिकता दिएको जानकारी दिँदै उहाँले भन्नुभयो- “एउटा भैँसी, गाई, बाखा्र पालेर बारीमा दुईवटा खुर्सानीको बोट रोप्दैमा कृषिमा व्यवसायिकता आउँदैन ।” उहाँले आर्थिक आधारमा परिवर्तन गर्ने माध्यम उत्पादन, निर्माण र व्यवस्थापन नै भएको विचार व्यक्त गर्नुभयो ।

अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका साथसाथमा आर्थिक विकास पनि गर्न आवश्यक भएको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो-”जलस्रोत, पर्यटन, कृषिलगायतका क्षेत्रमा लगानी बढाउन जनतालाई आहृवान गर्न जरुरी छ ।” रासस

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply