» » कमलरी हत्या छानविनको माग

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

१६ जेठ, काठमाडौं । कमलरी राख्ने, बेपत्ता पार्ने र यौनशोषण गर्नेलगायतका घटनामा थारु चेलीहरुले पीडित हुनुपरेको भन्दै यस विषयमा सरकारसंग छानविन र कार्बाहीको मागसहित कमलरी प्रथा उन्मुलन संयुक्त संघर्ष समिति आन्दोलनमा उत्रिने भएको छ ।

सिंहदरबार पूर्वीगेट नजिकै हनुमानथानमा बिहीबार भेला भएका पूर्वसभासद् शान्ता चौधरी र सुकदैया चौधरी तथा कमलरीहरुले थारु महिलाले भोग्नु परेको पीडा पोख्नुका साथै नाराबाजी गरेका थिए । उर्मिला चौधरीले नेतृत्व गरेको आन्दोलनमा आदिवासी जनजाति महासंघका उपाध्यक्ष सूर्य भुजेल, महिला महासंघकी महासचिव शोनी लामा, महासंघका निर्वतमान अध्यक्ष राजकुमार लेखीलगायतको सहभागिता थियो । संघर्ष समितिले रत्नपार्कको शान्तिवाटिकामा धर्ना कार्यक्रम गर्दै आएको छ ।

दाङकी १२ वषर्ीया सृजना चौधरीको ललितपुरस्थित एक इञ्जिनियरका घरमा जलेर मुत्यु भएको साथै धनगढीकी १५ वषर्ीया उर्मिला नाराथारु, दाङ रामपुरकी १३ वषर्ीया सीमा होजामगरको मृत्यु हुनुमा मालिकहरु दोषी भएको मृतकका परिवारको आरोप छ । कमलरीहरुको शोषण, बलात्कार र त्यसपछि हत्या भएको भन्दै दोषीमाथि कडा कार्बाहीको माग गर्दै संघर्ष समिति आन्दोलना उत्रिएको संघर्ष समितिका संयोजक फकला थारुले बताउनुभयो ।

कमलरीमाथि शोषण, दमन र हत्या गर्ने दोषीमाथि निष्पक्ष छानविन र कडा कार्बाहिको माग गर्दै सूदुर पश्चिममा आन्दोलन गर्दै आए पनि आˆना मागको सुनुवाइ नभएपछि आन्दोलन गर्न राजधानी नै आउनुपरेको कञ्चनपुरकी राजकुमारी चौधरीको भनाइ छ । ‘हामीले सुदुर पश्चिममा आन्दोलन गर्‍यौं तर सुनुवाइ नभएपछि राजधानी आएका हौं । ‘ उनले भनिन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply