» » यसरी जोगाउन सकिन्छ मोबाइल चोरी हुनबाट !!

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

मोबाइल फोन आजकल आम प्रयोगको साधन र सञ्चारको सुविधा युक्त ग्याजेट मात्र होइन। यो तपाइँको स्मरण शक्ति, बैंकको आर्थिक कारोबारको माध्यम, कम्प्युटर, सामाजिक सञ्जाल सम्म पहुँच पुरयाउने माध्यम अनि फोन र आवश्यक सूचना लेख्ने डायरी पनि हो। मोबाइल फोनहरु उत्पादक क्षेत्रमा पनि उत्तिकै लाभदायी साधन बनेका छन्। शैक्षिक देखी मनोरञ्जनात्मक मात्र होइन स्वास्थ्य सम्बन्धी एपहरुले गर्दा यो मोबाइल फोन डाक्टर भन्दा कम छैन। दुनियाँ नै मोबाइलमा अटाउने भइसकेको छ। त्यसैले प्रयोग पनि बढिरहेको छ साथै सुविधा र मूल्य पनि। महँगा मोबाइल हातमा बस्न थालका छन्। जसले गर्दा मोबाइलको प्रयोग मात्र होइन सुरक्षा पनि गर्नुपर्ने भएको छ। सुविधा र आवश्यकताले गर्दा ७०, ८० हजार पर्ने मोबाइल बोक्नुपर्ने अवस्था बनेको छ। कतिपयले त बैंकको किस्ताबन्दीमा पनि मोबाइल लिनुभएको होला। मोबाइल चलाउँदै गर्ने र पैसा पनि तिर्दै गर्ने योजना बनाएकाका लागि मोबाइल हरायो वा चोरी भयो भने किस्ता बाँकी रहन्छ अनि मोबाइलको बिल मात्र। त्यसैले मोबाइल किन्दा त्यसको सेवा, छुट र गुणस्तरमा ध्यान दिनुपर्छ भने चलाउँदा पनि चोरी हुन नदिन विशेष ध्यान दिनैपर्छ। साथै चोरी भएको खण्डमा फेला कसरी पार्न सकिन्छ वा हराएर हुने हानीलाई कसरी कम गर्ने भन्नेमा विशेष ध्यान दिनुपर्छ। मोबाइल चोरी भएको खण्डमा त्यसबाट हुने हानी कम गर्न तथा चोरी भएको मोबाइल फिर्ता पाउने अवस्था बनाउनका लागि निम्न कुरामा ध्यान दिनुपर्छ।

बिल सुरक्षित राख्ने

मोबाइल किनेपछि वारेन्टी, ग्यारेन्टी कार्डका साथै मोबाइलको बिल पनि सुरक्षित राख्नुपर्छ। मोबाइलको बिलमा त्यसको इन्टरनेशनल मोबाइल इक्युपमेन्ट आइडेन्टीटी (आइएमइआइ) नम्बर साथै मोडल नम्बरको उल्लेख भएको हुन्छ। जसले सम्बन्धित नम्बर वा मोडलको मोबाइल तपाइँको हो भनेर पहिचान गर्दछ। साथै मोबाइलमा राखिएका पीन वा सेक्यूरीटी सम्बन्धी सबै खालका पासवर्ड बिल वा त्यस्तै कुनै कागजातमा लेखेर सुरक्षित राख्नुपर्छ। ताकि मोबाइल फेला परेको खण्डमा त्यसलाई सहज रुपमा चलाउन सकियोस्। यो कुरा तपाइँको मोबाइलको पहिचानसँग पनि जोडिएको हुन्छ। आइएमइआइ नम्बरको आधारमा तपाइँले चोरी भएको फोन प्रहरीमा रिपोर्ट गरेर दूरसञ्चार कम्पनीहरु मार्फ कसले चलाएको छ भन्ने पत्ता लगाएर फिर्ता पाउने अवस्था समेत बन्दछ। त्यसैले यसलाई सुरक्षित राख्नुपर्छ।

मोबाइलमा चिन्ह राख्ने

आफूले चलाएको मोबाइलमा पहिचानका लागि कुनै न कुनै एक चिन्ह राख्नु सही मानिन्छ। जसले गर्दा उस्तै मोडल र रंगका मोबाइल सेटका बीच तपाइँ सजिलै आफ्नो मोबाइल चिन्न सक्नुहुन्छ। मोबाइलमा कुनै स्ट्रिकर वा केही शब्द कोर्न पनि सक्नुहुन्छ। विशेष गरेर मोबाइलको ब्याट्री वा ब्याट्रीको कभरमा नाम वा मोबाइल नम्बर पनि लेख्न सक्नुहुन्छ। जसले गर्दा मोबाइलको पहिचान गर्न सजिलो हुन्छ। मोबाइलको ब्याट्रीमा नाम वा नम्बर लेख्नुभयो भने कथंकदाचित भेटिँदा पनि चोर्नेले ब्याट्री फेरे नफेरेको पनि थाहा हुन्छ। किनभने मोबाइलको महत्वपूर्ण पक्ष त्यसको ब्याट्री हो।

सेक्यूरीटी कोड लक

मोबाइलमा सम्भव भएसम्म सेक्यूरीटी कोडको प्रयोग गरेर यसलाई बन्द राख्नुपर्छ। जसले गर्दा तपाइँको मोबाइलको दूरुपयोग हुन पाउँदैन। चोरी भएको अवस्थामा पनि तपाइँको मोबाइल प्रयोग गरेर फोन, एसएमएस तथा विभिन्न एपमा रहेका तपाइँका जानकारी अरुले चोर्न तथा हेर्न पाउँदैन। त्यसो त विभिन्न एप मार्फत तपाइँले गर्नुभएको कारोबारको समेत गोप्यता रहन्छ। तपाइँले लिनुभएको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको पनि यसले गोप्यता राख्न सजिलो बनाउँछ।

एन्टी थेफ्ट सफ्टवेयरको प्रयोग

स्मार्टफोनको सुविधा यो पनि हो कि यसमा प्रयोग हुने विभिन्न सफ्टवेयर जसलाई हामी एप भन्छौं तीनले तपाइँको मोबाइललाई सुरक्षा पनि दिन्छन्। मोबाइलमा आइफोनका लागि ‘फाइन्ड माई आइफोन’ र एण्ड्रोइडमा ‘हृवेयर इज माइ ड्रोइड’ जस्ता एपले हराएका तथा चोरी भएका मोबाइल फोन खोज्न मदत गर्दछन्। यस्तै खालका अन्य विभिन्न एपहरु छन् जसले तीनमा हुने रिमोट सुविधाको प्रयोग गर्दै चोरी भएका मोबाइलको पत्ता लगाउने काम गर्दछन्।

यी बाहेक तपाइँले मोबाइल किन्दा ध्यान दिनुपर्ने कुरा बीमा हो। यदी महँगो मूल्यको मोबाइल किन्दै हुनुहुन्छ भने त्यसको बीमा अवस्य गराउनुहोला। जसले गर्दा मोबाइल चोरी भएको खण्डमा तपाइँले कम मात्र हानी बेहोर्नुपर्छ। त्यसो त बीमा कम्पनीले पनि तपाइँको मोबाइल खोजीमा चासो दिन्छ, आखिर पैसाको सबाल छ। नेपालमा मोबाइल बीमाको चलन त्यती धेरै नभए पनि सामसुङ मोबाइलका लागि आइएमएसले पहिलो एक वर्षको लागि निशुल्क बीमा गरिदिने गरेको छ महँगा मोबाइलमा। त्यसैले महँगा मोबाइल किन्नु अघि बुझेर बीमा गरी ढुक्क हुनुहोस्। जसले तपाइँलाई चोरी जस्ता केशमा सहयोगी वातावरण तयार गर्छ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply