» » गर्मीसँगै बढ्छ मृगौलाको पत्थरीको खतरा : कसरी जोगिने ?

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

खानपानमा अस्वस्थता तथा जिवनशैलीमा आएको परिवर्तनका कारण मृगौलामा पथ्थरी हुनु अहिले आम मानिसमा सामान्य स्वास्थ्य समस्या बनिसकेको छ । बच्चा देखि लिएर युवा तथा पाका उमेरका मानिस सम्ममा पत्थरीको समस्या पाइने गरेको छ । गर्मीको मौसममा यस्तो समस्या अझ बढ्न जान्छ । अन्य कारणहरुका अलवा डिहाइड्रेसन अर्थात् सरीरमा पानी कम हुनाले मृगौलामा पत्थरी हुने सम्भावना बढ्छ ।

गर्मीयाममा सरीरबाट पसिना बढि निस्कन्छ । जसका कारण सरीरमा पानीको मात्रा छिटै कम हुन्छ । यदि पसिनाको माध्यमबाट नास भएको पानीको भरणपुरण गर्न पर्याप्त पानी पिइएन भने मृगौलामा पत्थरी हुने जोखिम बढ्छ । मृगौला विज्ञहरुका अनुसार गर्मीको याममा मृगौलाको पत्थरीको समस्या ४० प्रतिशत सम्मले बढ्छ ।
मृगौलाको पत्थरीको समस्या बढि दौडधुप गर्ने २५ देखि ४५ वर्ष उमेर समूहका मानिसमा बढ्ता देखिने गरेको छ भने महिलाको तुलनामा पुरुषमा यो समस्या बढि हुन्छ ।
गर्मी बढ्दै जाँदा मृगौला खराब हुने जोखिम उत्ति नै बढ्छ । ५ देखि ७ डिग्री सेल्सियस तापक्रम वृद्धि हुँदा मृगौलाको पत्थरीको जोखिम ३० प्रतिशत सम्मले बढ्ने विज्ञहरु बताउँछन् ।
पत्थरी मूत्रीनलीको जुनसुकै भागमा हुने भएपनि मृगौला तथा युरेटरमा अत्यधिक हुने गरेको छ । वास्तवमा पत्थरी भनेको पिसाबमा घुलेका विभिन्न रासायनिक पदार्थहरु थिगि्रएर ठोस क्रिस्टलको रुपमा जम्मा हुनु हो । खासगरी यो क्याल्सियम तथा युरिक एसिडका कारण हुन्छ । ९० देखि ९५ प्रतिशत पत्थरी क्याल्सियम अक्जालेट तत्वबाट बनेको हुन्छ ।
मृगौलामा पत्थरी जमेका थाहा पाउन सुरुवातमा कठीन हुन्छ । मुत्रनलीमा पत्थरीले रोकावट उत्पन्न गर्न थालेपछि मात्र पीडा महसुस हुन गई पत्थरी परेको थाहा पाउन सकिन्छ ।
लक्षण
पिसाबमा रगत देखिनु
पटक पटक पिसाब लाग्नु
पिसाब बढि गन्हाउनु
जिउ काँप्नु, बढि थकान महसुस हुनु
वाकवाकी लाग्नु आदि ।
कसरी बँच्ने ?
गर्मीमा सरीरमा हुने पानीको कमी पूर्ति गर्नका लागि भरपूर मात्रामा पानी पिउनुहोस् । एकैचोटी धेरै पानी नपिएर पटक पटक थोरै थोरै पिउने गर्नुपर्छ । हरेक एक घण्टामा एक गिलास पानी पिउनु उपयुक्त हुन्छ । पानीको साथै पर्याप्त अन्य तरल पदार्थ पिउनुपर्छ । प्रोटिन, सोडियम तथा फस्फोरसयुक्त पदार्थको बढि सेवन गर्नुहुँदैन ।
यी चिजबाट सतर्क रहनुहोस्
डाक्टरहरुका अनुसार केही औषधीहरुको सेवनले मृगौलाको पत्थरीलाई झनै बढाउँछन् । ब्रुफिन अर्थात् आइबूप्रोफेन, मोटरिन तथा अलिएव जस्ता औषधिहरुको सेवन सकेसम्म गर्नुहुँदैन । जाँड रक्सीको सेवन गर्नुहुँदैन । रक्सी युरिक एसिड तथा अक्जालेटको मुख्य श्रोत हो ।
उपचार
मृगौलाको पत्थरीको उपचार त्यसको आकार, पत्थरी रहेको स्थान, प्रकृति तथा अवस्थामा निर्भर गर्छ । यसको उपचार पारम्परिक विधि र सर्जरीको माध्यमबाट गरिन्छ । सानो आकारको पत्थरीको साइज १.५ सेमी भन्दा कम हुन्छ । जसलाई लिथोटि्रप्टर प्रविधिको माध्यमबाट शरीरको बाहिरबाट झट्का दिएर तोडेर निकाल्ने गरिन्छ । यसलाई एक्स्ट्रकोेरपोरेअल शक वेभ लिथोटि्रप्सी भनिन्छ । यो तरिकाबाट नष्ट गरिएका पत्थरीका टुक्राहरु केही दिनसम्म पिसाबमार्फत बाहिर निस्कन्छन् । तर १.५ सेमी भन्दा ठूलो आकारका पत्थरीका टुक्राको लागि भने पर्कयुटेनियस नेफ्रोलिथोट्रमी विधिको प्रयोग गरिन्छ । यो एक प्रकारको प्वाल पारेर गरिने सर्जरी हो । जसमा सरीरमा प्वाल पारेर मृगौलामा रहेको पत्थरीलाई बाहिर निकालिन्छ । यो विधि मृगौलाको पत्थरीको उपचारका लागि अन्तिम तरिका पनि हो ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply