» » अस्लिल भिडिओ हेरे वापत तलब को सुविधा

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

कार्यालयमा अश्लिल भिडियो हेरेवापत कारबाहीमा परेको अनगिन्ती उदाहरण हुन सक्छन् । तर, यो सँधै सत्य नहुने रहेछ । चीन सरकारले पछिल्लो पटक मागेको एउटा आवेदनले त सबैलाई तीनछक पार्छ । चीन सरकारले हालै मात्र ‘चिफ पोर्नोग्राफी आइडेन्टिफिकेसन (सीपीआई) अफिसर’ को आवेदन खुलाएको छ । आवेदनमा बढीभन्दा बढीको सहभागिता होस् भनेर तलव सुविधा पनि राम्रै दिने उल्लेख छ । सो अफिसरको काम के त ? आवेदनमै भनिएको छ, कार्यालयमै बसेर अश्लिल भिडियो हेर्ने । आवेदनमा सीपीआई अफिसरको नेतृत्वमा पूरै टिम बनाइने र जसको काम कार्यालयमा बसेर अश्लील भिडियो हेर्नु मात्र हुने उल्लेख छ । यसका लागि एचआर एट द रेट एएनक्यूयूएनएन डट ओआरजीमा व्यक्तिगत विवरण मेल गर्न सकिने छ । यसको उद्धेश्य भावी पुस्ताका लागि अश्लील सामग्रीरहित वातावरण बनाउनु हो ।

चिनियाँ सरकारले यो जिम्मा एउटा गैरसरकारी संस्थालाई दिएको छ । सेफ्टी अलाइन्स नामको संस्थाले थर्ड पार्टी अर्गनाइजेसनका रुपमा काम गर्नेछ ।चाइना स्म्याकका अनुसार इन्टरनेटमा काम गर्नेहरुका लागि अश्लीलतामुक्त वातावरण तयार गर्न यो पदको सिर्जना गरिएको हो । फेसबुकमा पोस्ट गरिएको यो ‘भ्याकेन्सी’लाई हालसम्म १ लाख २० हजार जनाले सेयर गरेका छन् भने २० हजारभन्दा बढीले कमेन्ट गरिसकेका छन् । यसको अर्थ चिनिया जनता पनि अश्लील सामग्री इन्टरनेटमा नहोस् भन्ने चाहन्छन् । अधिकारीहरुले कार्यालयमा बसेर पोर्न साम्रग्री हेरिरहनु पर्नेछ र यस्ता सामग्रीलाई डिलेट गर्न आग्रह पत्र पठाउनेछ । डिलेट गर्न निश्चित समय दिइने छ । नभए चेतावनीपत्र पठाउनुपर्नेछ । तथापि, सेफ्टी अलाइन्सका अधिकारीले यो काम घरैमा बसेर पनि गर्न सकिने बताएका छन् । चीनमा अश्लील सामग्रीको पहिचान गर्ने एउटा सञ्जालकै विकास गरिएको छ । र, यसमा नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई पनि ध्यान राखिनेछ । विज्ञापनअनुसार सीपीआई अफिसरको वार्षिक तलब २ लाख युआन अर्थात करिब २५ लाख रुपैयाँ हुनेछ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply