» » दुइवटी सौता हालेमात्र बिहे गर्ने महिलाको अनौठो सर्त :

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

महिलाले आफ्नो लोग्नेले अर्को बिहे गरेर आफुमाथि सौता हालेको सहन सक्दैनन् तेसैले भनिन्छ महिलाको लागि सबैभन्दा अपि्रय चिज भनेकै सौता हो ।  तर साउदी अरेबियाकी एक महिलाले भने यो यो मान्यतालाई पूर्णतया गलत मात्र सावित गरिनन् आफुमाथि दुइवटी सौता हालेमात्र बिहे गर्ने सर्त हुनेवाला बेहुलोसँग अड्काईन  ।

समाचार अनुसार पेशाले शिक्षिका रहेकी ती महिलाले आफुसँग बिहेको प्रस्ताव लिएर आएको केटासँग उल्टै अनौठो प्रस्ताव राखिन् । उनको प्रस्ताव थियो, ‘म सँगै मेरा अरु दुइजना केटी साथीलाई पनि बिहे गर अनि मात्र तिमीसँग बिहे गर्छु ।’

साउदी पत्रिका अल युअमका अनुसार केटीको अविश्वसनीय प्रस्ताव सुनेर ती युवक तिनछक परे । उनले सुरुमा ती केटीको प्रस्तावलाई मानेनन् तर अन्त्यमा आफ्ना आफन्तहरुको दबाब सामु झुक्न नसकी एकैसाथ तिनवटी बेहुली भित्राउन राजी भए ।

आखिर ती तिन केटी र एक केटाबीच बिहे गर्ने सहमति भएको छ र छिटै बिहे हुँदैछ । बिहेअघिको सम्झौता अनुसार अब ती युवकले एउटै घरमा ३ वटा फ्लाट भाडामा लिनेछन् अनि तिनवटीलाई छुट्टाछुट्टै फ्लाटमा बस्ने व्यवस्था गर्नेछन् र सोही अनुरुप सकेसम्म उत्ति नै समय हरेकलाई दिने गरी समयतालिका बनाउनेछन् । अब ती युवकले बिहेपछि तिनैजना श्रीमतीलाई बराबर माया गर्नुपर्नेछ, बराबर समय दिनुपर्नेछ र आफुले लोग्नेको रुपमा निर्वाह गर्नुपर्ने कर्तव्य पनि बराबर बाँड्नुपर्नेछ ।

स्मरण रहोस् साउदी अरेबियामा बहुबिवाह वैध छ र एकजना पुरुषले बढिमा ४ जना महिलासँग बिहे गर्न पाउँछन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply