» » तपाईको कामै दुनियाँ झुक्याउने हो प्रचण्ड: अब झुक्याउन सक्नुहुन्न, सबैले चिनिसके'-वैद्य '

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

१० बैशाख, काठमाडौं । नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य किरणले एमाओवादी अध्यक्ष प्रचण्ड दुनियाँलाई झुक्याउन माहिर व्यक्ति भएको बताउनुभएको छ । एक समय प्रचण्डका राजनीतिक गुरु एवं नेतासमेत रहनुभएका वैद्य एमाओवादी अध्यक्ष प्रचण्डको मूल्यांकन गर्दै भन्नुहुन्छ- ‘उहाँ दोहोरो भूमिका खेलेर दुनियाँ झुक्याउन माहिर हुनुहुन्छ, उहाँको कामै यही हो र उहाँले सबैलाई यसै गर्नुहुन्छ ।’ प्रचण्डको मूल्यांकनबारे अनलाइनखबरले राखेको जिज्ञासामा वैद्यले थप्नुभयो- ‘तर, अब उहाँले झुक्याउन सक्नुहुन्न, उहाँलाई सबैले चिनिसके ।’‘म जेलबाट छुटेर आएपछि पनि केही समय ठिकै होला भनेर विश्वास गरें । त्यसबेला मलाई परिस्थिति बुझ्न अलिकति समय लाग्यो । साथीहरुलाई प्रचण्डले यसरी लडेर नजितिने भो, अब काठमाडौं जाऔं र विद्रोहबाट सत्ता लिनुपर्छ भन्नुभयो । तर, यता आएर विस्तारवादी शासक वर्ग र खासगरी कांग्रेस र एमालेसँग घुँडा टेक्नुभयो ।’ वैद्यको थप विश्लेषण छ – ‘हामी संसदीय व्यवस्थामा आउने भयौं, तपाईहरु विश्वास गर्नोस् भनेर उता ठिकठाक पार्नुभएछ । फेरि हामीतिर आएरचाँहि यही तरिकाले राज्यसत्ता कब्जा गर्ने हो भन्नुभयो ।”प्रचण्डजीले यति ठूलो धोका दिनुहोला भन्ने लागेको थिएन । मैले त यस्तो परिकल्पनै गरेको थिइँन ।’ माओवादी नेता वैद्यको गुनासो छ- ‘अलिअलि कमीकमजोरी त मान्छेमा हुन्छ, तर उहाँ त यसरी बदलिनुभयो कि उहाँ त जे पनि गर्न सक्नुहुनेरहेछ । वास्तवमा उहाँ यति अविश्वसनीय पात्र हो कि उहाँ जे पनि गर्न सक्नुहुन्छ ।’

रेग्मीजीले प्रचण्डलाई किन टेर्ने ?

माओवादी अध्यक्ष वैद्यले अब खिलराज रेग्मीले प्रचण्डलाई टेर्नुपर्ने हैसियत पनि नरहेको र कारण पनि नभएको दाबी गर्नुभयो । अब रेग्मीजीले प्रचण्डलाई टेर्नुपर्ने हैसियत पनि छैन, कारण पनि छैन । यही भएर उहाँहरु आन्दोलनमा जान्छौं भन्न थालिसक्नुभयो ।’ उहाँले भन्नुभयो । खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउने प्रस्ताव दक्षिण (भारत) बाट आएको र यसको सर्जक डा. बाबुराम भट्टराई भएको वैद्यको विश्लेषण छ । ‘हामीले सुनेअनुसार यो प्रस्ताव दक्षिणतिरबाट बाबुरामजीमार्फत आएको हो । प्रचण्डजीले थाहा पाइसकेपछि आफूलाई अझ बढी नजिक देखाउनका लागि उहाँले आफैं मुभ गर्नुभयो ।’ वैद्यको भनाइ छ- ‘पहिले यसबारे कांग्रेस र एमालेलाई पनि थाहा थिएन र शुरुमा उनीहरुले विरोध गरे । तर, पछि दक्षिणबाट आएको थाहा पाएपछि चुप लागे ।’

आशलाग्दो केटो जेठाजु

आफूले विश्वास गरेको र लगानी गरेको चिजप्रति बढ्ता विश्वास गरिने र अपेक्षा पनि गरिने वैद्यको तर्क छ । प्रचण्डलाई नेता बनाउन आफूले त्यस्तै लगानी गरेकाले विश्वास र अपेक्षा गरेको उहाँले अनलाइनखबरलाई बताउनुभयो । ‘हामी आफैंले उहाँलाई नेता बनाएको हो । त्यसैले हामीले प्रचण्डलाई बढ्ता विश्वास गर्यौं । जसप्रति बढी लगानी भएको छ, त्यहाँ बढी विश्वास गरिन्छ र त्यहाँबाट अलिकति अपेक्षा पनि गरिन्छ । यसअर्थमा हामीले उहाँलाई विश्वास गरेका थियौं ।’- वैद्य भन्नुहुन्छ, ‘प्रचण्ड, म, बादलजी, गौरबजी र देव गुरुङ्गजी हाम्रो लामो टिम हो, हामीले टिममा काम गरेका हौं । बाबुरामजीलाई पार्टीमा ल्याउनुपर्छ भनेर हामीले नै भनेका हौं । त्यसपछि हामीले बाबुरामजीलाई ल्याएका हौं ।’

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply