» » मलेसियामा नेपालीमाथि आक्रमण, मृत्युको खबर मिथ्या

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

तीन घाइते, नौ पक्राउ रामचन्द्र नेपाल/भीम तामाङ अपडेटः १२ चैत, क्वालालम्पुर । मलेसियामा जोहोर राज्यको पासिरगुडाङस्थित तामान चिन्ताना क्षेत्रमा नेपाली बसिरहेको होस्टलमा गएराति स्थानीय मलेसियन युवाहरुको समूहले सांघातिक आक्रमण गरेको छ । स्थानीय समयअनुसार साँझ करिव ८ बजेतिर सुरुमा ४ जनाको समूहमा मोटरसाइकलमा आएका युवाहरुले आक्रामण प्रयास गरेका थिए । उनीहरु उल्टै पिटाइ खाएर फर्किएपछि करिब साढे दुई सयको संख्यामा आएका स्थानीय युवाहरुले नेपालीहरुमाथि आक्रमण गरेका थिए । प्रत्यक्षदर्शी नेपालीहरुका अनुसार तरबार, रड र घरेलु हतियारसहित आएका ती युवाहरुको आक्रमणबाट तीनजना घाइते भएका छन । जसमध्ये दुइजनाको अवस्था गम्भीर छ भने अन्य केही युवाहरु सामान्य घाइते भएका छन् । स्थानीय प्रहरीले हस्तक्षेप गरेपछि उनीहरु पछि हटेका थिए । स्थीतिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायरसमेत गर्नुपरेको थियो । जोहोरको सुल्तान अस्पतालमा महमतपुर रौतहटका रामलाल साहु र सामरी-४ नुवाकोटका राजु बम्रेल -विश्वकर्मा) को उपचार भैरहेको छ । साहुको दुई खुटटा र दुई हात भाँचिएको छ र उनी बोल्न नसक्ने अवस्थामा छन् भने राजुको टाउकोभन्दा तल आँखामाथि गहिरो चोट लागेको छ । स्थानीय क्लिनिकमा भेटिएका एक नेपालीले भने आफ्नो अवस्था समान्य भएको भन्दै परिचय नखुलाइदिन आग्रह गरे । प्रहरीले घटनामा संलग्न ९ जना नेपालीलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ । त्यसबाहेक कुनै पनि पनि नेपाली नियन्त्रणमा नरहेको र घटनामा कसैको पनि हताहती नभएको प्रहरीले जानकारी दियो । होस्टलमा रहेका नेपाली कामदारहरुले आफ्ना १२ साथीहरु हराइरहेको बताए पनि नेपाली राजदूतावासका प्रतिनिधि चक्र सुवेदीले ९ जना प्रहरी नियन्त्रणमा र ३ जना अस्पतालमा रहेको जानकारी दिएपछि उनीहरुले आफ्ना सवै साथीहरु सम्पर्कमा आएको र हताहती नभएको बताए । प्रहरी नियन्त्रणमा रहेका नेपालीलाई दूतावासका प्रतिनिधिले भोलि हिरासतमा भेट्ने कार्यक्रम छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply