» » विदेश बस्ने ३० लाख नेपालीले भोट दिन नपाउने

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


१५ चैत, काठमाडौं । पढाइ र रोजगारीका सिलसिलामा विदेश पुगेका करिब ३० लाख नेपालीले आगामी संविधानसभाको चुनावमा भोट दिन नपाउने पक्कापक्की भएको छ । सम्बन्धित दूतावास मार्फत उनीहरुलाई मताधिकारको व्यवस्था गर्न माग भइरहे पनि निर्वाचन आयोगले तत्काल त्यस्तो व्यवस्था गर्न नसकिने अनलाइनखबरलाई जानकारी दिएको छ ।
 ’विदेशमा रहेका नेपालीको मताधिकारका विषयमा हामी गम्भीर छौं, तर, अब हुने चुनावमै विदेशमा बस्ने नेपालीलाई मतदानको व्यवस्था मिलाउन भने प्राविधिक हिसाबले समस्या छ ।’-निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले अनलाइनखबरसित भन्नुभयो ।अध्ययन, काम र भ्रमणका लागि झण्डै ३० लाख नेपाली विदेशमा रहेको सरकारी तथ्यांक छ । गैरसरकारी संघसंस्थाको तथ्यांकअनुसार ५० लाख जति नेपाली विदेशमा छन् । डेढ करोड मतदाता रहेको मुलुकमा ३० लाख नेपालीले मतदान गर्न नपाउनु सामान्य विषय होइन ।

यसअघिको संविधानसभा चुनावमा पनि विदेशमा बस्ने नेपालीलाई सहभागी गराउनुपर्ने आवाज उठेको थियो । तर, प्राविधिक रुपमा असम्भव भन्दै त्यतिबेला पनि यो काम हुन सकेको थिएन । भावी दिनमा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने नेताहरुले आश्वासन दिँदै आएका थिए । ४ वर्षे संविधानसभा र व्यवस्थापिका संसद रहँदा यसविषयमा नेताहरुले खासै चासो दिएनन् । आगामी चुनावमा छुट्टी नमिलेमा या आर्थिक वा अन्य कारणले आउन नसकेमा विदेशमा बस्ने नेपाली विगतमाझैं मताधिकारबाट बञ्चित हुने पक्का भएको छ । भोटै हाल्न भनेर स्वदेश फर्किएमात्रै विदेशमा बस्ने नेपालीले मत दिन पाउँछन् ।

विदेश घुमेर बनाएको प्रतिवेदन आयोगमा अलपत्र

मुलुक बाहिर अध्ययन, काम गर्न र भ्रमणमा गएका नेपाली नागरिकलाई उनीहरु रहेकै मुलुकमा मताधिकार दिने गरी सरकार र आयोगले यसअघि गृहकार्य पनि नगरेका चाँहि होइनन् । यसका लागि आयोग पदाधिकारीले विदेशमा रहेका नागरिकलाई कसरी र कुन प्रक्रियाबाट मताधिकार दिने, कहाँ कसरी मतदान केन्द्र राख्ने, साधनस्रोतको व्यवस्था कसरी गर्ने भनेर फिलिपिन्स, थाइल्याण्ड र दक्षिण कोरियासम्म पुगेर निकै महंगो अध्ययनसमेत गरेका छन् ।
‘हामीले अध्ययन प्रतिवेदन तयार पारेर आयोगलाई बुझाइसकेका छौं’ आयुक्त यादवले भन्नुभयो-’तर तत्काल यसलाई कार्यान्वयन गर्न समस्या छ ।’
स्रोतका अनुसार सम्बन्धित देशको दूतावासमा मतपेटिका राखेर चुनाव गराउन सम्भव भए पनि खर्च निकै लाग्ने भएको र अन्य प्राविधिक जटिलता भएकाले निर्वाचन आयोग तत्काल यसो गर्न नसकिने टुंगोमा पुगेको हो ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply