» » पानी परेन भने अपनाउने अनौठो प्रथाहरू

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


आजभोलि दिनहूँ समाचारमा सुन्न र पढ्न पाउँछौ पानी नपरेर कुनै ठाउँ पानी भित्र बसेर अनसन बसेको त कतै भ्यागुतोको बिहे गरेको, कहीँ हरहर महादेव भनेर जुलुल निकालेको आदि ।

हाम्रो देश कृषि प्रधान देश भएको हुनाले अधिकांश क्षेत्र आकाशे पानीको भरले खेतीपाती गर्ने चलन छ । फसल लगाउने बेला आकाशे पानीमा भरपर्नेहरूका लागि पानी परेन भने विभिन्न ठाउँमा आ-आफ्नो तरीकाले इन्द्र भगवान्सँग पानी माग्ने चलन प्राचीनकालदेखि नै चल्दै आएको छ, यस्तै चलन प्रथा विश्वका थुप्रै देशहरूमा पनि विविध तरीकाले वर्षा गराउने प्रथा रहिआएको छ । यसबारेमा हाम्रो देशका विभिन्न क्षेत्र, जातिमा भएको प्रथालाई नियालौं ।

वर्षायाम पानी परेन भने काठमाडौंको बालाजुको छेउमा डुक्रने पानी नामको ठाउँ छ । वर्षा चाँडो नभए त्यहाँको ढुङ्गाको बसाहालाई स्थानिय कृषकहरूले नोलले खुब हिर्काउँछन् मात्र हैन उत्तानो समेत पार्छन् । यसरी कुटेर उत्तानो पारेको त्यो बसाहा राति उठेर डुक्रिन थाल्दछ र वर्षा हुन्छ भन्ने जनविश्वास छ । यस्तै भक्तपुरको चाँगुनारायण क्षेत्रका जनता पनि समयमा पानी परेन भने चाँगुनारायण थानको गरुडमूर्तिको मुखमा गोबर र हिलो माटो छ्याप्न थाल्छन् । बलले भ्याएसम्म नोलले गरुडलाई हिर्काउँछन् । यसरी जतिसक्दो बढी गरुडलाई कष्ट दिएपछि त्यस क्षेत्रमा वर्षा हुन्छ भन्ने विश्वास त्यस क्षेत्रका स्थानिय नेवार समूदायमा छ ।

पश्चिम तराईमा वर्षायाममा पानी परेन भने थारू जातिमा आइमाईहरू रातिको समयमा नाङ्गै भएर खेतमा हलो जोत्ने गर्दछन्, त्यसो गर्नाले वर्षा हुन्छ भन्ने विश्वास यिनीहरूमा छ । यस्तै कञ्चनपुर जिल्लाको बगुन टोलमा भने वर्षा गराउनका लागि भ्यागुताको जोडी खोजेर ल्याई विवाहको विधिअनुसार कर्मकाण्ड गरी धुमधामसँग विवाह गरिदिने गर्दछन् ।

कतै कतै वर्षा गराउनका लागि पशुलाई कष्ट दिएर मार्ने चलन पनि छ । काठमाडौँको क्षेत्रपाटीमा घोप्टे गणेश नाउँका देवता छन् । तिनलाई वैशाख जेठतिर राँगाको बलि दिने चलन अद्यावधि छ । जिउँदो राँगाको गर्दनको छाला काडी मूल रक्तनली काटी घोप्टे गणेशको मूर्तिमा रगतका फोहरा लगाइन्छ । त्यो राँगो मरेको हुँदैन र त्यस कष्टले गर्दा राँगोले आँसुका धारा बगाइरहेको हुन्छ । राँगाले जति धेरै आँसु बगाउँछ त्यति धेरै वर्षा हुन्छ भन्ने विश्वास क्षेत्रपाटीतिरका नेवार बासिन्दाको छ । यसरी पशुलाई दुःख यातना दिएर गर्ने चलन/प्रथालाई केवल अन्धविश्वास र क्रुर व्यवहार मात्र भन्न सकिन्छ ।

अन्धविश्वास पशुका कुरा मात्र होइन मानिसलाई समेत कष्ट दिएर वर्षा गराउने चलन पनि हाम्रै देशमा रहेको पाइन्छ । कञ्चनपुर जिल्लाको दैजी गाविसका थारू जातिहरूले गाउँकै अध्यक्ष वा मुखियालाई पिट्दै घैलाका घैला पानी खन्याउने गर्दछन् । यसरी पिटेमा पानी पर्छ भन्ने विश्वास थारू समूदायमा छ ।

यस्तै अन्धविश्वासकै प्रथा भारतको उडिसा प्रदेशका खोंड जनजातिमा पनि छ । उनीहरूले पनि वर्षा गराउन पशुलाई नभै नरबलि दिने गर्दछन् । नरबलि दिंदा बलि दिइने मानिसलाई नेपालमा राँगालाई यातन दिएजस्तै गरी यातना दिएर मारिन्छ । त्यस्तो यातना दिँदा त्यो मानिसले जति धेरै आँसु बगाउँछ त्यति नै बढी पानी पर्छ भन्ने विश्वास छ । अब नरबलि प्रथामाथि प्रतिबन्ध लागेका कारण आजभोलि देख्न पाइँदैन ।

वर्षा गराउनका लागि हामीकहाँ मात्र नभै विश्वका थुप्रै देशहरूमा आ-आफ्नै रीतिअनुसार समयमा वर्षा नभएमा पूजाआजा गरेर स्वर्गका देवता इन्द्रसँग पानीको माग गर्ने गरिन्छ, आउनुहोस् अब कुन देशमा के कसरी वर्षा गराउनका लागि उपाय अपनाउँछन् जानिराखौँ ।

भारतः भारतको थुप्रै ठाउँमा पानी पार्ने थुप्रै प्रथाहरू अनेकौँ छ । जसमा विहार प्रदेशमा वर्षा गराउनका लागि विचित्र तरिका अपनाउने गरिन्छ । त्यहाँको मुजफ्फरपुर जिल्लाको केही भागमा प्रचलित एक प्रथाका अनुसार, माटोको हाँडीमा भ्यागुतो राखेर गाउँको ५ घरबाट पानी ल्याएर भ्यागुतो माथि खन्याउने गरिन्छ, भ्यागुतो कराएमा गाउँबासी खुशीले पानी पार्ने विशेष प्रकारको लोकगीत गाउने गरिन्छ । विहारकै दरभङ्गा जिल्लामा अर्को प्रथा प्रचलित छ त्यहाँका युवाहरूले अनुहारमा कालो रङग लगाएर भ्यागुता जस्तो हिँड्ने गरिन्छ ।

भारतकै गुजरात प्रदेशका केही गाउँका केटाहरू समूह समूह बनाएर रूखको पातहरूको कपडा बनाएर लगाउने र अर्धनग्न भएर गाउँका घरघरमा जाने गरिन्छ र प्रत्येक घरबाट ती अर्धनग्न केटाहरूलाई पानी छर्किदिने गरिन्छ, यसो गर्दा पानी पर्छ भन्ने आमधारणा रहिआएको छ । यस्तै मध्यप्रदेशमा वर्षा बोलाउने काम आइमाईहरूले गर्ने गरिन्छ, वर्षा नभएको क्षेत्रहरूमा आइमाईहरू इन्द्रको पूजा गर्ने गरिन्छ ।

मिश्रः मिश्रका कबिल युवतीहरू वर्षा गराउनको लागि हातमा फूल लिएर नदी किनारामा जान्छन् । त्यसपछि उनीहरूका गुरु (पुरोहित) ले त्यहाँ मन्त्र पढ्दछन् । मन्त्र पढिसकेपछि युवतीहरूले भक्तिपूर्वक फूललाई नदीमा बगाई दिन्छन् । यसो गर्दा वर्षा हुन्छ भन्ने विश्वास गरिन्छ ।

न्यू क्यालिडोनियाः न्यू क्यालिडोनिया द्वीपमा वर्षा गराउने अनौठो प्रथा छ । त्यहाँ वर्षा गराउन झाँक्रीहरू सक्रिय रहन्छ । उनीहरू कुनै मृत व्यक्तिको चिान खनेर अस्थिपञ्जर निकाल्छन् र त्यसलाई एकान्तमा लगेर जोड्ने गर्दछन् । त्यसपछि उक्त अस्थिपञ्जरलाई अग्लो रूखमा झुण्ड्याएर माथिबाट पानी खन्याउने गर्दछन् । यसो गर्दा सो खन्याएको पानी वर्षामा परिणत भएर वर्षा हुन्छ भन्ने विश्वास गरिन्छ ।

म्यानम्यारः म्यानम्यारका आदिवासीहरू पानी माग्नका लागि हातमा मसाल बोकी हात्तीमा चढेर विशाल जुलुस निकाल्छन् । त्यसको केही निश्चित समयपछि सवै हात्तीलाई एकै ठाउँमा जम्मा गर्दछ् र हात्तीलाई जोडसँग चिच्याउन लगाउँछन् । त्यसरी चिच्याएका हात्तीको चित्कार सुनेर पानी तुरुन्त पर्ने गर्छ भन्ने स्थानिय आदिवासीहरू विश्वास गरिन्छ ।

अष्ट्रेलियाः अष्ट्रेलियामा बाली लगाउने बेलामा पानी नपर्दा केही आदिवासीहरू अग्लो पहाडको टुप्पोमा गएर आकाशतिर बाण चलाउँछन् । उनीहरूको विश्वास अनुसार त्यसो गर्दा बादल फाट्छ र तुरुन्त पानी बर्सन्छ भन्ने धारण छ ।

सुडानः सुडानका आदिम जातिहरूमा यस्तो शक्तिशाली झाँक्री हुन्छन् । वर्षा गराउन विशेष पूजा गर्ने गरिन्छ । जसमा फलाम, ढुङ्गाका टुक्राहरूले देवताको पूजा गर्ने गरिन्छ । पूजा समाप्त भएपछि मानिसहरूले पशु पंक्षीहरूको बलि दिएर सामूहिकरूपमा नाचगान गर्ने गरिन्छ । यसो गर्दा पानी पर्छ भन्ने जनविश्वास रहिआएको छ ।

कोरियाः कोरियामा भ्यागुतो र माछालाई भगवान इन्द्रको सहयोगीको प्रतीक मान्ने चलन छ । जुनबेला ठीक समयमा पानी पर्दैन तब त्यहाँका आदिवासीहरू माछा र भ्यागुताका आकारमा ठूला ठूला पातहरू आकाशमा प्रशस्त मात्रामा माथि माथिपुग्ने गरी उडाउँछन् । आफ्ना सहयोगीलाई नजिकै देखेर भगवान इन्द्र खुशी भइ पानी पारिदिन्छ भन्ने उनीहरूको विश्वास छ ।

जर्जियाः जर्जियामा वर्षा गराउनका लागि कुनै पादरी वा पुजारीको श्रीमतीलाई पानीमा डुबाएर शिरदेखि पाउसम्म भिजाइदिन्छ यसो गर्दा देवताले पानी पारिदिन्छ भन्ने विश्वास छ । जर्जियाकै केही ठाउँमा दुई जोडी विवाह योग्य कुमारी कन्याहरूलाई एउटै हलोको जुवामा नाङ्गै राखेर हलो जोत्ने गरिन्छ, यसो गर्दा पानी पर्छ भन्ने आमधारण रहिआएकोछ ।

न्यूगिनीः न्यूगिनीको प्रायः स्थानमा वर्षा गराउनका लागि कुनै जादूगरको सहयोग लिने गरिन्छ । उक्त जादूगरले कुनै एक रूखको हाँगा भाँचेर लिन्छ र पानीमा डुबाएर झट्कारी दिन्छन् । जसबाट यस द्वीपका वासिन्दाहरूमा यस्तो विश्वास पाइन्छकि यस क्रियाले वर्षा चाँडै हुने गर्दछ ।

फिजीः फिजी द्वीपका वासिन्दाहरू पानी पार्नको लागि अग्लो पहाडको चुचुरोमा गएर सेतो परेवाहरूलाई आकाशतिर उडाउँदै पानी लिएर आऊ भन्छन् । यदि ती परेवा फर्केर फेरि त्यहाँ आए भने साँच्चै नै पानी पर्ने गर्दछ ।

अफ्रिकाः अफ्रिकाको उत्तरी भागमा रहने अरवियनहरू पुरानो कपडाको एउटा ठूलो पुतला बनाउँछन् । जस्लाई 'घोंजा' भनिन्छ । यस पुतलालाई मानिसहरू नानाप्रकारले सजाउँछन् र मानिसको समूह बनी सो पुतलालाई गाउँ गाउँमा घुमाउने गर्दछन् । 'घोँजा' को लागि पानी माग्ने गरिन्छ । जुलुसमा सहभागीहरूले 'घोंजा' र एकअर्कालाई पानी छ्याप्ने गरिन्छ । यस्तो देखेर वर्षा गराउने देवताले देखासिकी गर्दै पानी पार्ने गरिन्छ भन्ने धारण रहिआएको छ ।

पेरूः पेरूमा भ्यागुताका स-साना मूर्ति बनाएर पहाडको टुप्पोमा राखिन्छन् । उनीहरू ती मूर्तिहरू आकाशको जति जति निकट रहन्छन्, त्यति नै बढी वर्षा हुन्छ भन्ने विश्वास गर्दछन् ।

रूसः दक्षिण रूसको एक प्रदेश कुस्कसमा आइमाईहरूले कुनैपनि व्यक्तिलाई (चाहे त्यो अपरिचित किन नहोस्) समातेर नदीमा डुबाइदिन्छ या नदी नभएको ठाउँमा पुरै शरीर भिज्ने गरी पानी खन्याइदिन्छ । उनीहरूको विश्वास छकि यस्तो गरेमा वर्षा चाँडै हुन्छ । यस्तै रूसकै काकेशस प्रान्तमा वर्षा गराउनका लागि एक विशेष कार्यक्रम आयोजना गर्ने गरिन्छ । जसमा युवतीहरूले जुवामा बसेर हलो जोत्ने गरिन्छ, यसरी हलो तान्दै कुनै नदी वा तालसम्म पुग्ने गरिन्छ यसो गर्दा युवतीले हलो जोतेको इन्द्र देवताले हेर्न नसकेर पानी पारिदिन्छ भन्ने आमधारण छ ।

मडागास्करः मडागास्करमा वर्षा गराउनका लागि सिंहलाई ज्यादै दुःख दिएर मारिन्छ । त्यसरी कष्ट भोग्दा सिंहले ज्यादै ठूलो गर्जन गर्ने हुँदा सिंहको गर्जन सुनेर पानीका देवताले पानी वर्षाइ दिन्छ भन्ने विश्वास छ ।

यस्तै स्कटल्याण्डका केही भागहरूमा वर्षा गराउन कुखुराका भाले जुधाउने गरिन्छ भने बल्गेरियामा सर्प र न्याउरी मुसाको युद्ध गराइन्छ ।

देश विदेशमा वर्षा गराउनका लागि जेजस्तै उपाय, प्रथा अपनाएपनि आधुनिक विज्ञान प्रविधिको शिखरमा पुगेपनि प्रकृतिको नियमलाई भने आजसम्म परिवर्तन गर्न सकेको छैनन् । पानी पर्ने सङ्केतहरू प्रकृतिद्वारा, पशुपंक्षीद्वारा र तिथि नक्षत्रद्वारा सङ्केतहरू दिने गरिन्छ जुन कुरा हामी आम मानिसहरूले थाहा पाउन सकिंदैन र चासो राखिदैन पनि, यसबारेमा केही जानकारी लिनु फाइदाजनक नै होला ।

प्रकृतिबाट वर्षा गर्ने सङ्केत

सूर्योदयको बेला अत्यधिक चहकिला चहकको महसूस भई जमीनबाट वाष्प समान धूँवा उडेको देखियो भने शीघ्र नै पानी पर्नेछ । कुनै ताल, नदी आदिमा इन्द्रेणी देखिए पनि पानी पर्छ । यस्तै सूर्यमा घेरो देखिए पानी पर्छ । घेरो कम देखिएमा २४ घण्टामा र घेरो फराकिलो देखिएमा ७२ घण्टामा पानी पर्छ । साथै घरिघरि पूर्वतिर बिजुली चम्किए वर्षाको सूचना हो ।

पशुपंक्षीबाट वर्षा गर्ने सङ्केत

कमिलाहरू छिटो छिटो रूख चढ्न थालेमा अर्थात् आफ्नो अण्डालिई बथान हिँडेमा पानी पर्ने संकेत हो । राति जुनकिरी अग्ला अग्ला रूखमाथि उडेर चम्किएमा पानी पर्ने निश्चित सङ्केत मानिन्छ । यस्तै घरि घरि भ्यागुतो उच्चस्वरले कराएमा र पशुले खासगरी गाईले ठाडा ठाडा कान पारेर आकाशतर्फ हेरेमा वर्षा हुने सङ्केत बुझ्नु पर्दछ ।

तिथी, नक्षत्रबाट वर्षा गर्ने सङ्केत

चैत्र द्वितीयाका दिन आकाशमा बाक्लो बादल लागे श्रावणमा प्रशस्त पानी पर्छ । चैत्र शुक्ल चतुर्थीका दिन दक्षिणवायु चल्यो भने तथा बादल उत्तरपूर्वतिर जाँदैछ भने असोजमा केही पानी पर्छ । यस्तै वैशाख संक्रान्तिमा पानी पर्‍यो भने जेठमा पानी पर्छ र साउनमा सुख्खा हुन्छ । जेठमा पानी परेन भने साउन र भदौमा खुब पानी पर्छ । र असार शुक्ल षष्ठीमा दक्षिण वायु बहृयो भने तिहारमा पानी पर्छ । साथै असार शुक्ल द्वितीयादेखि षष्ठीसम्म पानी परिरहृयो भने त्यो वर्ष अतिवृष्टि हुन्छ । तृतीयाको दिन पश्चिम वायु चले भदौमा वर्षा कम हुन्छ ।

तर आजको विश्व मौसममा आएको परिवर्तित उतार चढाव (ग्लोबल वार्मिङ्ग) ले गर्दा यी प्रथा र भनाई के कति मिल्न सक्छ त्यो आफ्नो ठाउँमा छ नै तर पनि तिथी, नक्षत्र र पशुपंक्षी र प्रकृतिबाट हुने लक्षणलाई सतप्रतिशत विश्वास गर्न नसकेपनि केही प्रतिशत मिल्छ भन्ने कुरा सहि छ वा छैन यसबारेमा तपाईंले पनि अनुभव गर्नुभएकै होला ।

स्रोतः हाम्रो समाज एक अध्ययन, नेपालका जनजाति, देश विदेशको अनोखी प्रथाएँ, अन्य पत्रपत्रिकाहरू

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply