» » जती मेकअप गरेपनि सेक्सी देखिन्न

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

चलचित्र ‘समय’ मार्फत नेपाली सिने नगरीमा प्रवेश गरेकी नवनायिका सुरबी जैन बिष्ट यतिबेला चर्चामा छिन् । फागुन १८ गतेबाट देशभरका हलमा यो सिनेमा प्रदर्शनमा आउन लागेकाले पनि सुरबी दौडधुपमा व्यस्त छिन् । सिनेमा क्षेत्रमा लागेकासँग प्रेम र विवाह दुवै नगर्ने बताएकी सुरबीले गोविन्द राईले निर्देशन गरेको चलचित्र नागबेलीमा पनि अभिनय गरिरहेकी छिन् । उनै नायिका बिष्टसँग अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी :

 · सिनेमा खेल्ने रहर कहाँबाट जाग्यो ?

मलाई पहिलेदेखि नै सिनेमा खेल्ने इच्छा थियो । बेलायतमा पढाई सकेर नेपाल आएपछि केही म्युजिक भिडियोमा काम गर्छु भन्ने थियो । तर एकाएक ‘समय’मा अफर आएपछि नाई भन्न सकिन र खेलें ।

· कस्तो पाउनु भयो त सिनेमा नगरी ?

यो क्षेत्रमा नआउँदा त मैले छ्या भन्थें । तर जब यो नगरीमा आएँ, साह्रै राम्रो लाग्यो । कम पैसा र सामान्य प्रविधिमा पनि हामी धेरै सशक्त सिनेमा निर्माण गरिरहेका छौं ।

· सिनेमामा लाग्दा परिवारबाट कत्तिको अड्चन आएको थियो ?

मेरो परिवारले म यो क्षेत्रमा आउँछु भन्ने सोचेको थिएन । तर मैले जब सिनेमा खेल्छु भने सबै अचम्ममा परें । कसैले पनि खेल भनेनन् । तर पछि मैले कन्भिन्स गराएर काम गरें ।

· ‘समय’मा कस्तो भूमिका छ ?

म कलेजमा पढ्ने बोल्ड युवतीको भूमिकामा छु । केटा र केटीबीच कुनैपनि भिन्नता नदेख्ने युवतीको भूमिका मैले निर्वाह गरेको छु ।

· ‘समय’मा त थुप्रै उत्तेजक दृश्य दिनुभएको छ, हैन ?

प्रोमोमा देखिएको दृश्य मेरो नभएर अर्को एक नायिकाको हो । तर मैले बिक्कीसँग सामान्य सिन दिएको छु ।

· त्यस्तो दृश्य दिन गाह्रो भएन ?

२० जना मानिसको अघि हात समातेर किस खान त गाह्रो हुन्छ नि । सुरुवातमा बिक्की र अर्की एक नायिकाले खुलेर टङ किस, बेड सिन दिएकाले म डराएको थिएँ । मैले पनि यस्तै दृश्य दिनुपर्ने हो की भन्ने डर मलाई थियो । तर पछि सबैले सम्झाएपयिछ अघि सरें ।

· सिनेमा हेरिसकेपछि कस्तो लाग्यो त ?

म अझै पनि मेरो क्यारेक्टरमा खुल्न सक्थें जस्तो लागेको थियो । क्यामेराको एंगलका बारेमा नवुझेकाले पनि मैले ५० प्रतिशत मात्र दिन सके जस्तो लाग्यो ।

· तपाईंको ‘समय’का नायक बिक्कीसग अफेयर भन्ने सुनिन्छ नि ?

त्यो एउटा हल्ला मात्र हो । किनकी सिनेमासँगै खेलेपछि, प्रमोशनमा हिँडेपछि कुरा त आइहाल्छ ।

· अफेयर चै छ कि छैन त कसैसँग ?

मेरो अहिले कसैसँग पनि अफेयर छैन । र म यो क्षेत्रको मानिससँग सम्वन्ध राख्दिन । किनकी म एकदमै नौटंकी केटी हुँ । यो क्षेत्रको मानिसले मलाई सम्हाल्न सक्दैन ।

· नौटंकी भनेको चाहिँ कस्तो हो त ?

मलाई साधारण मानिसले झेल्ने सक्छ जस्तो लाग्दैन । सिनेमा नगरीको मानिस त नौटंकी देखेर रमाइलो मान्छ । तर झेल्न सक्दैन ।

· अब कस्तो सिनेमा खेल्ने रहर हो त ?

चुलबुले भन्दा पनि सिरियस भूमिका गर्न सक्छु जस्तो लाग्छ मलाई । दिमागी रुपमा बिरामी मानिसको भूमिका गर्न मन छ ।

· आफूले आफूलाई कसरी मूल्याँकन गर्नुहुन्छ ?

म खुलेर शुरुवातमा कसैसग पनि बोल्न सक्दिन । तर जब म कसैसँग बोल्छु अरुलाई बोल्न नै दिन्न । म धेरैजसो रिजर्बमा बस्छु ।

· पहिलो प्रेम याद छ नि ?

फस्ट लभ त मेरो एसएलसी पढ्दा भयो । मेरो कक्षाको फस्ट व्याइले मलाई लभलेटर लेखेको थियो । तर त्यो लभ सामान्य रुपमा नै सकियो । केटाकेटी खेलेजस्तै भयो । एसएलसी सकिने अन्तिम दिनमा प्रपोज गर्यो, रिजल्ट आउँदा सकिएको थियो ।

· त्यसपछि कसैसँग प्रेम गरिएन ?

कलेज पढ्दा एकजना केटासँग प्रेम गरंे । २ बर्ष साथी भएपछि उसले प्रपोज गर्यो । तर पछि म पढ्नका लागि बेलायत पुगें । उसले यहाँ अर्कै युवतीसँग लभ गरेको सुनें । अहिले उ मैले गल्ती गरें भन्दै फोन गर्छ । तर म एकपटक धोका दिने मानिसलाई माफ गर्न सक्दिन ।

· खानेकुरा मिठो के पकाउनुहुन्छ ?

आलु परौठा, मिठो पकाउँछु ।

· कुन नायक साह्रै मन पर्छ ?

कर्मा मन पर्छ । उसको हाउभाउ, उसले एक्सप्रेस गर्ने तरीका मन पर्छ । उसँग एउटा सिनेमामा काम गर्न मन छ । तर मनैदेखि भन्दा मलाई आदित्यनारायण झासँग सिनेमामा रोमान्स गर्ने सपना छ ।

· मनपर्ने कुनै तीनजना नायक ?

सलमान खान, लिओनार्डो, जेम मलिक ।

· नेपालका तीनजना सेक्सी नायक ?

नेपालमा सेक्सी खालका नायक पनि छन् र । तर चपली हाइटका राज घिमिरे सेक्सी लाग्छ ।

· आफू चाहिँ कत्तिको सेक्सी छु जस्तो लाग्छ ?

म जति मेकअप गरेपनि, जति कपडा लगाएपनि सेक्सी देखिन्न । कसैले सेक्सी भनेनन् ।

· आफनो कुन अंग सेक्सी लाग्छ ?

आँखा चाहिँ एकदमै सेक्सी लाग्छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply