» » भारतका दर्जन ‘कोठी’ सञ्चालक नेपाली

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

भारतका विभिन्न शहरमा चर्चित एक दर्जन ‘कोठी’ नेपाली महिलाहरुले नै सञ्चालन गरिरहेको फेला परेको छ ।

दिल्लीको जीबीरोड र आग्रा, इलाहावादको मिरगन्ज, मेरठको कवाडीबजार, मुम्बईको भण्टाबारी कोलकत्ताको सानोगाछीमा नेपाली महिलाले नै घर भाडामा लिएर ‘कोठी’ सञ्चालन गरिरहेको खुलासा भएको हो । त्यहाँबाट उद्दार गरिएका पीडित र उद्दारका क्रममा पटक पटक पुगेका नेपाली र भारतीय संघ-संस्थाका प्रतिनिधिले त्यसको पुष्टि गरेको खबर नेपाल समाचारपत्रले छापेको छ ।

जीबीरोडको ५६ र ६४ नम्बरमा सञ्चालित चर्चित कोठी सिन्धुपाल्चोक र नुवाकोट घर भएकी साइली तामाङले सञ्चालन गरेकी छन् । बर्दिया र सुर्खेतको सिमानामा रहेको चेपाङवस्तीकी काजोलले पनि जीबीरोडमा कोठी सञ्चालन गरेको पाइएको छ ।

मिरगन्जमा भक्तपुरकी कविता, कवडीबजारमा नेपालको तराईमा घर रहेको बताउने जरिना, भण्टाबारीमा पूर्वी नेपाल घर बताउने सुष्मा नेपालीले कोठी सञ्चालन गरेका छन् । सोनागाछी र आग्रामा पनि कोठीमालिक नेपाली नै रहेका छन् ।

नेपाली चेलीहरुलाई यी कोठीहरुमा पुगेर पटक पटक उद्दार गरेका माइती नेपाल, नेपालगन्जका प्रमुख केशव कोइरालाका अनुसार जरिनाबाहेक सबै कोठी सञ्चालकहरुले नेपाली मै कुराकानी गर्ने गरेका छन् । कोठी म्यानेजर पनि नेपाली महिला नै धेरै रहेका छन् ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply