» » चिसोको कारण औंला सुन्निने समस्या - समाधान

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA

 जाडोयाम आउना साथ औंला सुन्निने र दुख्ने समस्याले पिरोल्न थाल्छ । चिसो मौसममा हात/गोडाको औंला रातो भएर सुन्निने, चिलाउने अनि कन्याउँदा घाउ नै बन्ने भएपछि दुखाइको पीडा बढ्न थाल्छ ।
 यस्तो समस्या प्राय धेरैको हुन सक्छ । हालसम्म यस्ता पीडितका बारेमा कुनै अध्ययनले यकिन तथ्यांक ल्याएको नभए पनि मुलुकमा जाडोयाममा औंला सुन्निने समस्याबाट प्रभावित हुनेको संख्या धेरै छ ।
यस्तो बेला हात खुट्टाको औंला र नाक/कान रातो हुने र सुन्निने गर्छ । यो रातो भएर दुख्नुका साथै चिलाउँछ पनि । यसलाइ चिकित्सकीय भाषामा पर्नियोसिस वा चिलब्लेन भनिन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड पि्रभेन्सन (सीडीसी) को तथ्यपत्र अनुसार यस्तो समस्या लगभग पानी जम्ने तापक्रमदेखि ६० डिग्री फरेनहाइट तापक्रमसम्मको वातावरणको निरन्तर सम्पर्कले गर्दा हुन्छ । चिसोसँगको सम्पर्कले छालामा रहेको साना रक्त नलीहरूलाई असर पुर्‍याउँछ । यस्तो असर स्थायी हुनुको साथै चिसोको अतिरिक्त सम्पर्कले छालामा रातोपना र चिलाउने समस्या देखिन्छ । रातोपना र चिलाइ मुख्यतः नाक, कान, औंला र कुर्कच्चामा देखिन्छ । सामान्य रूपमा भन्दा यस्तो समस्या छालाको सानो रक्त नलिकाहरूको दुखाइपूर्ण सुन्नाइ हो ।
 'कारण थाहा नभए पनि महिला, कम तौल भएकालाई यो समस्या बढी देखिन्छ,' धुलिखेल अस्पतालका छाला रोग तथा सौन्दर्य विशेषज्ञ डा.धर्मेन्द्र कर्ण भन्छन्, 'यस्तै धूम्रपान गर्नेहरूमा यो समस्या बढी कडा रूपमा प्रस्तुत हुन सक्छ ।' यो समस्या सधैं चिसो भइरहने ठाउँको दाजोमा मौसमी चिसो हुने ठाउँमा बढी देखिने उल्लेख गर्दे डा. कर्ण भन्छन्, 'मुलुकको हिमाली क्षेत्रको दाँजोमा मधेस र पहाडमा बढी देखिन्छ ।' हात, खुट्टा, नाकको अन्तिम खण्ड र कानको माथिल्लो किनारा रगतको प्रवाहको हिसाबले अन्तिम किनारा मानिन्छ । यहाँ रगतको प्रवाह वातावरणको परिवर्तनको कारणले धेरै प्रभावित हुने गरेको उनी बताउँछन् ।
वातावरणीय तापक्रममा आएको कमीले गर्दा रगतको नशाहरू खुम्चिन्छन् । हात, खुट्टा मुख जस्ता खुला रहने भागमा यसको प्रभाव छिटो पर्छ । वातावरणको तापक्रम बढ्नासाथ यो आफैं निको समेत हुन्छ । सामान्यतः यो एक सातादेखि तीन साताभित्रमा निको हुन्छ । यसको उपचारमा लोसन र औषधि उपयुक्त हुने गर्दै डा. कर्ण भन्छन्, 'सामान्यतः साधारण समस्या देखिएकाहरूमा यसले दीर्घकालीन क्षति नपुर्‍याए पनि संक्रमण गराउन सक्छ ।' यसरी संक्रमणको उपचार नगरेर छोड्दा गम्भीर क्षति भने पुग्न सक्ने जनाउँदै उनी बढी समयसम्म उपचार नगर्दा घाउ र कडा संक्रमण समेत हुन सक्ने चेतावनी दिन्छन् ।
सीडीसीका अनुसार यसबाट बच्ने सवैभन्दा राम्रो उपाय भनेको चिसोबाट बच्नु नै हो । हात, खुट्टा, नाक कानलाई चिसोबाट जोगाएर यो समस्यालाइ हटाउन सकिन्छ । त्यसैले पन्जा, गलबन्दी, टोपी, मोजा लगायत उपयुक्त न्यानो लुगाको उपयोगले यो समस्याबाट बच्न सकिन्छ । यस्तो समस्या एक वा तीन सातामा आफैं निको हुने भए पनि एक/दुई सातासम्म निको हुने लक्षण नदेखिए चिकित्सककहाँ पुग्नुपर्छ । यस्तोमा केहीलाई चिकित्सकसम्म पुग्नुपर्ने आवश्यकता नभई आफैं सावधानी अपनाए निको हुने उल्लेख गर्दै डा. कर्ण भन्छन्, 'यदि दुखाइ अति नै भयो र छालामा संक्रमण देखियो भने छालारोग विशेषज्ञकहाँ गइहाल्नुहोला ।'
यस्तै रोगीको रक्तसञ्चारमा समस्या र मधुमेह छ भने सम्भावित जटिलताबाट बच्न समस्या देखिएलगत्तै चिकित्सकको सल्लाह लिनुपर्ने चिकित्सकहरू बताउँछन् । छाला रोग विशेषज्ञले बिरामीमा थप समस्या देखिए रक्तनली विशेषज्ञको सल्लाह लिने सिफारिस समेत दिने गर्छन् । यस्तो स्थितिमा विशेषज्ञ चिकित्सकले तपाइर्ंको समस्यालाई प्रभावकारी रूपमा उपचार गर्न सघाउने छ । सुन्निने र चिलाउने समस्याबारे स्पष्ट कारण थाहा नभएको बताउँदै डा. कर्ण भन्छन्, 'यो चिसोप्रति तपाइर्ंको शरीरको असमान्य प्रतिक्रिया हुन सक्छ । छाला पुनः न्यानो हुने प्रक्रियाको परिणाम समेत हुन सक्छ ।'
चिसो छाला पुनः न्यानो हुँदा छालाभित्रका स-साना रक्तनली छेवैमा हुने ठूला रक्तनलीको दाँजोमा छिट्टै फैलिन्छ । यसले रक्तनली साँघुरो हुन्छ र रगत छेउछाउको तन्तुमा चुहिएर समस्या उत्पन्न हुने विज्ञहरू बताउँछन् । यस्तो समस्या भोग्ने गृहणीहरूले चिसोमा काम गर्दा मनतातो पानी उपयोग गर्नुपर्ने आंैल्याउँदै डा.कर्ण औंलालाई हिटरको माध्यमले न्यानो नबनाउन सल्लाह दिन्छन् । 'मनतातो पानीमा औंलालाई डुबाएर केही छिन् राखेपछि सुख्खा पारी भेसलिन आदि लगाएर पन्जा वा मोजा लगाउनु राम्रो हुने उनी बताउँछन् । स्कुले विद्यार्थीहरूले समेत बिहान जाँदा विशेष गरी हात, खुट्टा कान र नाकलाई पन्जा, मोजा, टोपी, गलबन्दी आदिले उचित रूपमा छोपेर न्यानो राख्नुपर्छ । यो समस्या स्कुल जाने विद्यार्थीहरूमा समेत बढी देखिने गर्छ ।

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA


About Pikford Junior

Hi there! I am San Jay and I am a true enthusiast in the areas of SEO and web design. In my personal life I spend time on photography, mountain climbing, snorkeling and dirt bike riding.
«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply