राप्रपा नेपालका नेताहरुले विद्रोही टंक ढकाल पार्टीमा फर्किएको दाबी गरेका छन् । ढकाल मंगलबार राप्रपा नेपालको बैठकमा समेत सहभागी भएको र पार्टी नफुटाउने प्रतिवद्धता जाहेर गरेको राप्रपा नेपालको दाबी छ ।
‘टंक ढकालजी पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आउनुभयो, कार्यकर्ताहरुलाई सम्बोधन गर्नुभयो र पार्टीको बैठकमासमेत विशेष समय लिएर बोल्नुभयो,’ राप्रपा नेपालका प्रेस संयोजक मोहन श्रेष्ठले अनलाइनखबरलाई भन्नुभयो, ‘ढकालजीले कुनै हालतमा पार्टी नफुटाउने र असन्तुष्ट पक्षका साथीहरुलाई विहीबार कार्यालयमा लिएर आउने वचनवद्धता जनाउनुभएको छ ।’
मंगलबार सम्पन्न राप्रपा नेपालको केन्द्रीय बैठकले संविधानसभामा कसरी भूमिका खेल्ने भन्नेबारे छलफल गरेको नेता श्रेष्ठले बताउनुभयो ।
ढकाललाई अपहरण गरेर लगेका हुन् : न्यौपाने
उता विद्रोही पक्षका केन्द्रीय सदस्य एवं अधिवक्ता वालकृष्ण न्यौपानेले भने ढकाललाई चुल्ठे मुन्द्रेहरुले कार्यालयमा लगेर बलजफ्ती बोल्न लगाएको बताउनुभयो । ‘उनीहरुको चरित्र नै त्यस्तै हो, चुल्ठेमुन्द्रेले अपहरणको शैलीमा लगेर बोल्न लगाएको भन्ने सुनेको छु, उनी फर्किएका होइनन्,’ न्यौपानेले भन्नुभयो, ‘फर्किएरै गए भने पनि जाउन्, हामीलाई जाँदैनौं, एक्लै भए पनि लड्छौं ।’
टंक ढकाल पार्टीमा फर्किएको कमल थापा पक्षको दाबी (विद्रोही पक्ष भन्छ-अपहरण गरेर लगेका हुन्)

SELL ANNUITY PAYMENT,DONATE YOUR CAR FOR KIDS, ASBESTOS LAWYERS, STRUCTURED ANNUITY SETTLEMENT, ANNUITY SETTLEMENTS, CAR INSURANCE, DONATE CARS IN MA |
|
![]() |

No comments: